पढ्न करिब 1 मिनेट लाग्छ

पुस ७, मुम्बई | फेसबुकबाट प्रेम नगर्नुस्, अन्यथा मैलेजस्तो दुःख पाउनुपर्ला, पाकिस्तानी जेलमा ६ बर्ष जीवन बिताई यसै साता स्वदेश फर्किएका एक भारतीय नागरिकले शुक्रबार भने ।

सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक किशोरीसँग प्रेममा परेपछि हमिद नेहाल अन्सारी पाकिस्तान पुगे ।

सन् २०१२ मा अन्सारी ती किशोरीले दिएको ठेगाना पछ्याउँदै पाकिस्तानमा पुगे ।

उनी किशोरीको घरमा पुग्दा नजिकै तैनाथ पाकिस्तानी प्रहरीले उनलाई पक्राउ गरे ।

पाकिस्तानी अधिकारीले उनले देशविरुद्ध जासुसी गरेको नक्कली कागजान बताएको अभियोगमा ६ बर्षको जेल सजाय दिएको थियो ।

उनका आफन्तहरुले उनी मायामा अन्धो भएर पाकिस्तान प्रवेश गरेको बताए, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।