Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जापानले कति नेपाली कामदार लैजाने भन्नेबारे प्राविधिक वार्ता हुँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १२, काठमाडौँ । नेपालका सीपयुक्त दक्ष युवाका लागि जापानमा रोजगारीको अवसर प्राप्त भएको छ । जापान सरकारले नेपालीलगायतका श्रमिकलाई अनुमति दिने निर्णय गरेको हो ।

केहीअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना जापानका समकक्षीको भेटका क्रममा नेपाली श्रमिकलाई जापानमा अवसर उपलब्ध गराउन आग्रह गरेअनुरूप नै जापानले नेपालीलाई रोजगारीको अवसर प्रदान गर्ने निर्णय गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जापान सरकारले मङ्गलबार गरेको निर्णय अनुसार नेपालसहित विभिन्न नौवटा देशबाट पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिए पनि नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको जानकारी दिए ।

उनले आउँदो जनावरीभित्र जापानको प्राविधिक टोली नेपाल आउने र नेपाली श्रमिकलाई जापान लैजाने विषयमा संयन्त्र बनाउने प्रक्रिया अगाडि बढ्ने र सोही समयमा सङ्ख्याको समेत टुङ्गो लाग्ने जानकारी दिए ।

सचिव दाहालले जापानले नेपाली श्रमिकलाई पनि लिने निर्णय गरेसँगै नेपाली श्रमिकलाई बढीभन्दा बढी अवसर दिने गृहकार्यमा जुटेको बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।