Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यसवर्ष पनि पाठ्यपुस्तक अभाव हुने संकेत

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, काठमाडौं । आउँदो शैक्षिक सत्रमा पनि मुलुकभर पाठ्यपुस्तक अभाव हुने सम्भावना बढ्दै गएको छ । पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइ गर्ने जिम्मा दिन नसक्दा समस्या हुने सम्भावना देखिएको छ ।

केन्द्रले पुस २ गते सूचना प्रकाशित गरी पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरी प्रक्रिया पूरा गर्न झन्डै एक महिना लाग्ने भएको छ ।

गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ शुरू गरेको निजी प्रकाशकहरू हालसम्म प्रक्रिया पूरा गर्नमै व्यस्त छन् । ‘कहिले प्रक्रिया पूरा भएर पाठ्यपुस्तक छपाइको जिम्मामा आउँछ भन्न सक्ने अवस्था छैन ।’ निजी पाठ्यपुस्तक प्रकाशन तथा विक्रेताका प्रतिनिधि दीपक भण्डारीले बताए ।

उनले अहिलेको अवस्थामा सुधार नआए फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने ५ हिमाली जिल्लामा पाठ्यपुस्तक पुर्याउन समस्या हुनेछ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

पत्रपत्रिकाबाट