पढ्न करिब 1 मिनेट लाग्छ

पुष १५, काठमाडौँ | केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ ।

उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।