Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौंका सडकमा भिख माग्न प्रतिबन्ध

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १९, काठमाडौं | काठमाडौंका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ। प्रहरीले बेवारिसे वृद्धवृद्धालाई वृद्धाश्रममा पु-याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो। महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई वृद्धाश्रममा राखिनेछ। भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याई कानुनअनुसार कारबाही गरिनेछ।</p><p>काठमाडौं परिसर प्रमुख एसएसपी वसन्त लामाले बेवारिसे वृद्धवृद्धालाई कालिमाटीस्थित आमाघर र गोंगबुको हिमालयन आश्रममा राखिने बताए। ‘सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको दैनिकजसो शव भेटियो। जाडोले उनीहरूको मृत्यु भएको देखियो । उनीहरूलाई वृद्धाश्रममा राख्न लागिएको हो,’ लामाले भने।&nbsp;</p><p>उनका अनुसार भिखारीको हकमा भने कानुनअनुसार कारबाही चलाइनेछ। स्वदेशीलाई पक्राउ गरी सम्बन्धित व्यक्तिको जिम्मा लगाइने, अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने लामाले बताए। विदेशीलाई भने पक्राउ गरी सम्बन्धित मुलुकको बोर्डरमा लगेर छाडिने उनको भनाइ छ। यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ |</p>