2026-09-21 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण

पुस २०, बेइजिङ | चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । 

चीनको अन्तरिक्ष एजेन्सीले बिहीबार स्थानीय समयअनुसार बिहानको १० बजेर २६ मिनेटमा चाङ ई—४ नामको यान अवतरणको औपचारिक घोषणा गरेको हो।

यान पृथ्वीबाट टाढा पर्ने पल्लोछेउको खाडलमा अवतरण भएपछि चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले मानवद्वारा चन्द्रमाको खोजीमा नयाँ अध्याय सुरु भएको उल्लेख गरेको छ। पृथ्वीबाट चन्द्रमाको एउटा छेउ मात्र देखिन्छ। पृथ्वीबाट नदेखिने क्षेत्रलाई ‘अन्धकार क्षेत्र’ भनिन्छ। नासाको एपोलो मिसनअन्तर्गतको यान पृथ्वीबाट देखिने क्षेत्रमा अवतरण गरेको थियो।

यसअघि चन्द्रमामा पुगेका यानले पृथ्वीको पल्लो क्षेत्रको अवलोकन मात्र गरेका थिए तर अवतरण गरेका थिएनन्। पृथ्वीबाट नदेखिने चन्द्रमाको पल्लो छेउको सतहमा पहिलोपटक यान अवतरण हुनुलाई विश्वभरका वैज्ञानिक र विज्ञानसँग सम्बन्धित संघसंस्थाले विज्ञानका क्षेत्रमा विशेष उपलब्धि भनेका छन्। चिनियाँ यान अवतरणप्रति अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ट्विटमार्फत बधाई दिँदै भनेको छ, ‘यो मानवताका लागि नयाँ र प्रभावकारी सफलता हो।

पत्रपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो