पढ्न करिब 1 मिनेट लाग्छ

पुष २२, काठमाडौँ | हिमालमा काम गर्ने पर्वतारोहण पथप्रदर्शकले ३० हजार अमेरिकी डलरसम्म पारिश्रमिक लिने गरेका छन् ।

यो हालको विनियम दरअनुसारको करिब ३३ लाख रुपैयाँ हो । आरोहीलाई शिखर चढाएर आधारशिविर झारेवापत् उनीहरुले वार्षिक ३३ लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन् ।

हिमालमा वर्षमा दुई पटक आरोहण हुने समयमा बढीमा दुई महिना काम गरेबापत् पर्वतारोही पथप्रदर्शकले यो पारिश्रमिक लिने गरेका छन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।