2026-09-21 01:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारीबारे सरकार मौन, रोजगार गुम्ने खतरा बढ्दै

पुस २५, काठमाडौं | जेठदेखि बन्द रहेको मलेसिया रोजगार खुल्ने अझै निश्चित छैन। मलेसियासँग ऐतिहासिक श्रम सम्झौता गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले स्याबासी कमाए पनि पछिल्लो समय रोजगारी खुलाउन चासो नदेखाउँदा उनको साख गुम्दै गएको छ।

मलेसियातर्फ वैदेशिक रोजगारमा पठाउन खुला गर्ने सम्बन्धमा मंगलबार संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा छलफल भएको छ। समितिमा नेपाल वैदेशिक रोजगार प्रतिनिधिसँग छलफल भएको हो। 

समितिको बैठकमा म्यानपावर व्यवसायीको धरौटी र सेवाशुल्कबारे छलफल भएको र छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ मन्त्रालयले भीसा प्रोसेसिङलगायत काममा भेन्डर परिवर्तन नगरी कामदार नपठाउने अडान राखेका कारण ढिलाइ भइरहेको बताए। पछिल्लो समय मलेसिया रोजगारबारे सरकार मौन रहँदै आएको छ। दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक टोलीको बैठकसमेत बस्न सकेको छैन। यस्तै कूटनीतिक नियोगमार्फत पनि थप कुराकानी अगाडि बढ्न नसक्दा रोजगारी गुम्ने खतरा बढ्दै गएको छ।

मलेसियाका कम्पनीले समेत कामदार नहुँदा नियमित काममा बाधा पुगेको भन्दै अरु देशबाट समेत कामदार माग गर्न थालेका छन्। यता रोजगारी खुलाउन सरकारले ठोस कदम नचाल्दा बेरोजगारको दर बढ्दै गएको छ भने रेमिट्यान्ससमेत गुम्दै गएको छ। 

सरकारले कूटनीतिकमार्फत ठोस पहल नगर्दा मलेसिया रोजगारमा अन्योलता बढ्दै गएको छ। रोजगारी खुलाउन नसक्दा बेरोजगारी दर बढ्दै गएको छ भने अर्कोतिर रेमिट्यान्स पनि गुम्दै गएको छ। मलेसिया रोजगार खुलाउन पहल नगरी सरकार मौन बस्दा आशंकाको घेराले हेर्न थालिएको छ। नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको थियो। सम्झौता कामदारमैत्री भएता पनि कुटनीतिक पहल कमजोर हुँदा मलेसिया रोजगार गुम्ने खतरा बढ्दै गएको व्यवसायी बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो