पुस २५, काठमाडौँ | विगत लामो समयदेखि मुलुकमा सञ्चालित राष्ट्रिय गौरवको आयोजनाको विषयले संघीय संसद्को विकास तथा प्रविधि समितिमा प्रवेश पाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

समितिले मंगलबार बसेको बैठकमा राष्ट्रिय सतर्कता केन्द्रलाई बोलाएर ती आयोजनाका विद्यमान अवस्था र अनुगमनलगायतका विषयमा छलफल गरेको थियो ।

समिति बैठकमा बोल्ने अधिकांश सांसदहरुले राष्ट्रिय गौरवको आयोजनामा भएको ढिलासुस्तीलाई महारोगको संज्ञा दिएका थिए ।

सांसद टेकबहादुर बस्नेतले राणाकालका विकास अहिलेसम्म डगमगाएको छैन तर अहिलेका विकास भने महिना दिन पनि नटिकेको भन्दै गुणस्तरमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

पत्रपत्रिकाबाट

राणाकालका विकास वर्षौं टिक्ने, अहिलेको टिक्दै नटिक्ने ?