Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

हवाई भाडा घट्यो, कहाँ जान कति ? हेर्नुहोस्, यस्तो छ भाडादर

By kit 2 मिनेट पढाइ

पुस २८, काठमाडौँ | नेपाल आयल निगमले बिहीबार रातिदेखि आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य घटाएसँगै अन्तरिक हवाइ सेवाको पनि भाडा दर घटेको छ ।

यो भाडादर आन्तरिक तर्फ उड्ने जहाजहरुले लिने पूरा भाडामा घटेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

वायुसेवा सञ्चालकहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघ ९आयोन० का प्रवक्ता घनश्याम आचार्यका अनुसार दुरीको हिसाबमा९० देखि ४४० रुपैयाँसम्म भाडा घटेको छ। उनले भने, आइतबारदेखि लागू हुनेगरी फ्युल सरचार्ज (इन्धन शुल्क)मा कम्तीमा ९० रुपैयाँसम्म घटाएइको छ।’

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी १०४ रुपैयाँ ५० रुपैयाँको आन्तरिक हवाइ इन्धनको मूल्य ९४ रुपैयाँ ५० पैसा कायम गरेको थियो।

विस्तृतमा हेर्नुहोस्, कहाँ कति रुपैयाँ भाडा घट्योः