Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कहिल्यै मिलेनन् कांग्रेस नेता पौडेल र जोशी

By kit

पुस २८, तनहुँ | गत वर्ष सम्पन्न संघीय चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएर पूर्वसहमहामन्त्री गोविन्दराज जोशी निकै चर्चामा पुगे ।

निर्वाचनमा पौडेलविरुद्ध उत्रेको भन्दै पार्टीले जोशीलाई कारबाही गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही बनेका जोशी र उनका प्रस्तावक र समर्थकसमेतलाई पार्टीले कारबाही गरेपछि पौडेल–जोशी विवादको चर्चा झनै चुलिएको छ। कांग्रेस तनहुँले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै जोशी र उनका प्रस्तावक तथा समर्थकलाई कारबाहीका लागि निर्वाचनअगावै सिफारिस गरेको थियो ।

पौडेल र जोशी कहिल्यै मिलेनन्

कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्वसहमहामन्त्री जोशीबीच कांग्रेसको इतिहासमै सुमधुर सम्बन्ध रहेनन् । उनीहरू प्रायः एक कार्यक्रममा सँगसँगै बसे पनि कार्यकर्ताका लागि नौलो हुने गर्छ ।

कांग्रेसका क्षेत्रीय प्रतिनिधि रामप्रसाद मिश्र भन्छन्, ‘पौडेल र जोशी २०५१ सालको निर्वाचनमा सँगसँगै भोट मागेको देखेको बाहेक सम्बन्धमा सुधार आएन।’ त्यो बेला जोशी तनहुँ–१ मा उम्मेदवार हुँदा पौडेल जोशीकै लागि भोट माग्दै पोखरीछापमा हिँडेको भेटेको उनले सम्झिए ।

‘उहाँहरू निकै कम मात्रामा एउटै मञ्चमा बसेको देखेको छु,’ उनले भने ।

त्यस्तै २०७४ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा समेत भानुको टुहुरेपसलमा नेता पौडेल र जोशी एउटै मञ्चमा बसेर कांग्रेसबाट भानु नगरपालिकाका मेयरका प्रत्यासी उदयराज गौलीलाई जिताउन भोट मागेका थिए ।

त्यसबाहेक निकै कम कार्यक्रममा मात्रै यी दुई नेता सँगसँगै सहभागी भएको कांग्रेसका कार्यकताको भनाई छ ।