Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मोटरसाइकलमा नम्बर प्लेटको नयाँ मापदण्ड लागु

By kit 2 मिनेट पढाइ

माघ ६, काठमाडौं–यातायात व्यवस्था विभागले मोटरसाइकलमा नम्बर प्लेट राख्न नयाँ मापदण्ड लागू गरेको छ ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६३ को आधारमा त्यसको अनुसूची ६ मा केही हेरफेर गरिएको छ ।

विगतमा अञ्चलको नाममा रहेका मोटरसाइकल अब प्रदेशको नामका आधारमा रहनेछन् । जुनसुकै अञ्चलमा दर्ता भए पनि सुरुमा अञ्चलको अगाडिको अक्षरसहित ‘लट समूह’ र प राखिन्थ्यो । निजी गाडीमा भने अन्तिममा च, सरकारीमा झ, ट्याक्टरमा त र सार्वजनिक भाडाका गाडीमा ख राख्ने गरिएको छ ।

यो नियम अहिले ३ नम्बर प्रदेशमा मात्र लागू गरिएको छ । सरकारले गत कात्तिक ८ गते राजपत्रमा प्रकाशित गरी यो व्यवस्था सुरु गरेको थियो । बाग्मतीमा ९९ ‘लट समूह’ सम्म मोटरसाइकल तथा स्कुटर दर्ता भइसकेकाले नयाँ व्यवस्था ल्याउनुपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।