2026-09-20 03:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाँडा साट्ने निहुँमा लुटपाट: यसरी लुटियो चार महिलाको दश तोला सुन !

माघ ६, काठमाण्डौ | भाँडा साट्ने निहुँमा गाउँ पसेकी एक अपरिचित महिलाले लुटपाटको नौलो तरिका अपनाएकी छन् । सुन्दा तपाईंलाई पनि अचम्म लाग्न सक्छ । टाउकामा भाँडा बोकेर अपरिचित महिला गाउँ पस्छिन् । भाँडा साट्नुहुन्छ भनी महिला घरघर धाउँछिन्, घरमा महिलालाई एक्लै पाएपछि नजिक जान्छिन्, आशीर्वाद दिएजस्तो गर्छिन् । यो खबर आजको समाचारपत्र दैनिकमा छापिएको छ ।

त्यसो गर्दा महिलाहरु लठ्ठिन्छन् र आफूले लगाएको गहना निकालेर ती अपरिचित महिलालाई दिन्छन् । तर परिवारका धेरै सदस्यहरु भएको घरमा भने ती महिलाले पुराना भाँडा खरीद गर्न आएको बताउँछिन् ।

यस्तै घटना भएको छ कपिलवस्तुको शिवराज नगरपालिका ३, सुनवर्षी गाउँमा । भाँडा बोकेर आएकी अपरिचित महिला लक्ष्मी कँडेलको घर गइन् र पुराना भाँडा खरीद गर्न आएको बताइन् ।

भाँडा खरिद गर्ने निहँुमा घरमा आएका अपरिचित महिलाले कुराकानी गर्दै पिठ्यूँ सुम्सुमाएपछि आफ्नो चेतना गुमेको पीडित लक्ष्मी कँडेल बताउँछिन् । कँडेलको साथमा रहेको झन्डै तीन तोला सुन लिएर महिला फरार भएको उनले बताइन् ।

यतै गरी ती महिला सोही गाउँकी सीता भुसाल, भूमिका कँडेल र पिङ्की खत्रीलाई समेत जादुटुना लगाएर अचेत बनाई गहना लुटेर फरार भएको पीडितहरुले बताएका छन् । चारै जनाको गरी झन्डै १० तोला सुनका गरगहना लुटेर अपरिचित महिला फरार भएको स्थानीयले बताएका छन् । शुक्रबार दिउँसो करीब १ बजे आएकी महिलाले जादुटुना लगाई गरगहना लुटी लगेको पीडितहरुको भनाइ छ । आफूहरु होस्मा आएपछि आफू लुटिएको थाहा पाएको पीडितहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो