2026-09-19 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटा शवको दाहासंस्कार गर्न खोज्दा दुईवटा शव भेटिएपछि

माघ ७, दोलखा | एउटा शवको दाहासंस्कार गर्न पुगेको मलामीले दुईवटा शव देखेपछि वातावरण कस्तो हुन्छ होला ? दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ कुथली खोलाको गौरीघाटमा शनिवार त्यस्तै अनौठो परिदृश्य देखिएको छ । यो खबर नेपाल समाचारपत्र दैनिकमा छापिएको छ |

भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीको फासेलुङका ४४ बर्षिय कालुमान थामीको भीरबाट लडेर मृत्यु भएको थियो । उनको शवलाई प्रस्तावित सदरमुकाममा रहेको चरिकोट अस्पतालमा पोष्टमार्टम पछि दाहासंस्कारको लागि कुथली खोलाको गौरीघाटमा पुर्याउदासंगै शिशुको शव समेत भेटिएपछि मलामिहरु अचम्भित भएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बीरबहादुर थामी प्रसतावित चरिकोट अस्पतालले लार्पवाहि गर्दै कालुमानको पोष्टमार्टपछि उनको शवसंगै शिशुको समेत शव प्याक गरेर पठाएको बताए । कालुमानको शवलाई चितामा राखेर जलाउन लाग्दा संगै अर्को मासुको ढल्ला भेटिएको र त्यसलाई खोतलेर हेर्दा शिशुको शव भेटिएको वडा अध्यक्ष बीरमानले बताए ।

कालुमानको शवसंगै शिशुको समेत शव भेटिएपछि मलामी गएका स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगतै आर्यघाट पुगेको प्रहरीले शिशुको शवलाई निकालेर सदरमुकाम चरिकोट फर्काएको थियो ।

प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले भने अस्पतालको लार्पवाहिले दुबैको शवसंगै गएको कुरा अस्वीकार गरेका छन् । गर्भभित्रै मृत्यु भएको नवजात शिशुको मृत्युको कारण पत्ता लगाउन शवको पोष्टमार्टम गरेर शवगृहमा राखिएको र त्यसलाई डिस्पोज गर्नु अघि थामीको शवको समेत पोष्टमार्टम भएको उल्लेख गर्दै थामीको आफन्तले हतारमा दुबै शवलाई एउटै पोकोमा हालेर लगेको डाक्टर दंगालले बताए । यो सामान्य घट्ना हो, शिशुको शव डिस्पोज गर्नु अघिनै हतारमा थामीको शवको समेत पोष्टपार्टम गर्नु परेकोले यस्तो समस्या भएको हो – डाक्टर दंगालले भने । मृतक थामीका आफन्तले भने आफुहरुको लार्पवाहिले नभै अस्पतालकै लार्पवाहिका कारण दुईवटा शव आर्यघाटसम्म पुगेको दावि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई