<p>माघ १९, काठमाडौं – समायोजना फाराम नभर्ने कर्मचारीलाई सरकारले आवश्यकताअनुसार जुनसुकै स्थानमा खटाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन फाराम भरेका कर्मचारीलाई उनीहरुले रोजेअनुसार खटाउने र फाराम नभर्ने कर्मचारीलाई जुनसुकै स्थानमा खटाउने जनाएको छ । मन्त्रालयका अनुसार १३ हजार कर्मचारीले समायोजन फाराम भरेका छैनन् । </p><p>मन्त्रालयले गत पुस १८ गते कमचारी समायोजनसम्बन्धी २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको थियो । सो अवधिमा ती कर्मचारीले फारम नभरेका हुन् । यो समाचार आजको नेपाल समाचार पत्रमा सुनील महर्जनले लेखेका छन् ।</p>
February 2, 2019
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
समायोजना फाराम नभर्ने कर्मचारीलाई सरकारले खटाउने
By kit
2 मिनेट पढाइ










