2026-09-20 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षभित्र देशैभर फोरजी सेवा

माघ २१, काठमाडौं | फोरजी विस्तारका लागि टेन्डर आह्वान गरेको एक वर्षपछि नेपाल टेलिकमले सम्झौता गरेको छ । 

आइतबार टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच कम्पनीले कोर नेटवर्क विस्तारमा सबैभन्दा कम रकम कबुल गरेको चिनियाँ कम्पनी जेडटीई र दुईवटा रेडियो एक्सेस् नेटवर्क(र्यान)का लागि चाइना कम्युनिकेसन सर्भिसेज इन्टरनेशनल(सीसीएसआई) हङ्कङ्सँग सम्झौता गरेको हो । 

दुवै कम्पनीसँगको सम्झौता अनुसार एक वर्षभित्रै देशभर चौथो पुस्ताको (फोरजी) सेवा विस्तार हुनेछ । सम्झौतामा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दुवै कम्पनीका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको थियो । 

नेपालमै पहिलोपटक २०७३ साल पुस १७ गतेबाट फोरजी सेवा सुरु भएको हो । टेलिकमको यो सेवा अहिलेसम्म काठमाडौँ उपत्यका र पोखरामा मात्रै सिमित छ । 

देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्ने लक्ष्यका साथ टेलिकमले गत वर्ष पुस १७ र २२ गते सेवाका लागि आवश्यक कोर नेटवर्क र र्यानका लागि विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो । 

बोलपत्र अनुसार अप्टिकल कोरका लागि जेडटीईले एक करोड ५३ लाख डलर, सिङ्गापुरको मभिनिरले दुई करोड १० लाख डलर र चिनियाँ कम्पनी हुवावेले तीन करोड ८० लाख अमेरिकी डलर रकम कबुल गरेका थिए । 

त्यस्तै दुई चरणमा छुट्याइएको र्यान १ र २ मा जेडटीई र सीसीएसआईले मात्र सहभागिता जनाएका थिए । त्यसमध्ये र्यान १ मा जेडटीईले नौ करोड ९८ लाख डलर र सीसीएसआईले आठ करोड ४७ लाख डलर कबुल गरेका थिए । र्यान २ मा भने जेडटीईले ८ करोड ८९ लाख र सीसीएसआईले ८ करोड २२ लाख डलर रकम कबुल गरेको थियो । त्यतिबेला ३४ महिनाभित्र देशभर फोरजी सेवा विस्तार गर्नुपर्ने शर्त टेलिकमले राखेको थियो । 

– यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो