Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सबै प्रदेशबाट श्रम स्वीकृति सुरू, काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २२, काठमाडौं – सरकारले बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । यससँगै सातै प्रदेशबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारीका सबै काम विकेन्द्रीकरण हुनेछन् ।</p><p>श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगरबाट सेवा दिन सबै तयारी पूरा भएको जानकारी दिएको छ । सरकारले पुस १५ गतेदेखि प्रदेशबाट सेवा दिन सुरु गरेको थियो । सुरुमा प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा सुरु गरिएको थियो । केही दिनअघि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारका सेवा सुरु भएको थियो । त्यसअघि कर्णली प्रदेश र सुदूरपश्चिमबाट पनि सेवा सुरु भएको थिए ।</p><p>सबै प्रदेशबाट वैदेशिक रोजगारीका सेवा सुरु भएसँगै श्रम स्वीकृतिका लागि काठमाडौं आउनु पर्ने बाध्यताा अन्त्य भएको छ । प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।&nbsp;&nbsp;</p>