Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२ महिनापछि ‘स्मार्ट लाइसेन्स’ वितरण बन्द हुने अवस्थामा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २४, काठमाडौँ | सरकारले वैकल्पिक व्यवस्था नगरे ६० दिनपछि विद्युतीय सवारीचालक अनुमतिपत्र ‘स्मार्ट लाइसेन्स’को स्टक समाप्त हुने भएको छ । अहिले विभाग र मातहतका कार्यालयमा प्रिन्ट गरेर वितरण गर्न बाँकी स्मार्ट लाइसेन्सको संख्या करिव ३ लाख रहेको छ ।

विभागसँग रहेका ७ वटा प्र्रिन्टरले दैनिक ६ हजार ५ सय लाइसेन्स प्रिन्ट गर्न सक्छ । सो अनुसार बाँकी लाइसेन्स प्रिन्ट गरेर वितरण गर्दा ४६ दिनमा सकिन्छ ।

४ लाखजना ट्रायल पास लाइसेन्सको पर्खाइमा

अहिले सवाली ट्रायल पास गरी स्मार्ट लाइसेन्सको पर्खाइमा बस्नेको संख्या ४ लाख पुगिसकेको छ । यसरी पर्खिनेहरुको संख्या दैनिक औसतमा ३ हजारजना थपिने यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेतले लेखेका छन् ।