Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतद्वारा नेपालमै गोली उत्पादन प्रस्ताव अस्वीकार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १, काठमाडौं | नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम १६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।

उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम १६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो । तर, त्यसलाई भारतले ठाडै अस्वीकार गरेको सैनिक स्रोतको भनाई छ ।

नेपालले भारतबाटै गोलीगठ्ठा किनोस् भन्ने रणनीतिका साथ प्रस्तावलाई नमानेको हो । इन्सास भारतमै निर्मित राइफल हो । एम १६ भने अमेरिकी अत्याधुनिक हतियार हो । सेनासँग इन्सास राइफलको संख्यामात्रै १५ हजार बढी छ । यसका लागि चाहिने गोलीगठ्ठा भारतबाटै किन्नु पर्ने बाध्यता छ ।

- यो समाचार मातृका दाहालले कारोबारमा लेखेका छन् ।