2026-09-20 10:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेरि मौसममा गडबढ: केही दिन मौसम प्रभावित हुने

फागुन ३, काठमाडौँ | भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र हिमाली भेगमा यो क्रम अझै केही दिन जारी रहने भएको छ । भू–मध्य सागरको उच्चवायु मण्डलमा विकास भएको प्रणालीको असरले देशैभरीको मौसमलाई प्रभावित बनाएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।

निरन्तर ठूलो वर्षाको संभावना नरहेपनि छिटफुट र मध्यम वर्षा दोहोरिने बताउँदै उहाँले भन्नुभयो–‘अब २÷३ दिन मौसम प्रष्ट खुल्ने छैन, घमाइला दिन खासै हुने छैनन्, मौसम गडवढ भइरहन्छ ।’

केही दिन मौसम प्रभावित हुने

यसको प्रभावले सुधारउन्मुख तापक्रम फेरी घट्ने रिमालले बताउनुभयो । सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मंगलबार बेलुका सुदुर पश्चिम भित्रिएको पश्चिमी न्यून चापिय प्रणालीको असरले बुधवारदेखि नै पश्चिमी भेगको मौसम प्रभावित बनाएको छ । महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार शनिवारसम्म मौसम प्रत्यक्ष प्रभावित रहने छ ।

अन्यत्रको तुलनामा विहीवार पश्चिमी भेगको मौसम केही बढी प्रभावित भएको थियो भने आज शुक्रवार पनि सोही भेगमा सो प्रभाव यथावत रहने रिमालले बताउनुभयो । ‘शनिवार भने मध्य र पूर्वीभेगको मौसम केही बढी प्रभावित बन्ने गतिविधी विकास भइरहेको छ’–उहाँले भन्नुभयो । विहीवार डडेलधुरा, विरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, दाङ, जुम्ला, दिपायल, भैरहवा लगायत आसपासका भेगमा हल्का र मध्यम वर्षा भएको महाशाखाको तथ्यांक छ ।

– यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो