Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जसलाई फेसबुकले मृत घोषणा गरिदियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ६, काठमाडौं – गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजेँ, चलेन । फेरि लगइन गर्न खोज्छु, चल्दैन । जति गर्दा पनि चल्दैन । मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ । अफिसमा जान हतार थियो । निस्किएँ । अफिसमा पनि फेकबुक चलेन ।<br></p><p>त्यसमा रहेको ‘नोटिस आइकन’ बल्ल पढेँ । मेरो होस झन्डै गायब भयो । त्यसमा लेखिएको थियो ‘दिस एकाउन्ट इज इन अ इस्पेसल मेमोरिखलाइज्ड स्टेट ।’ अर्थात ‘यो एकाउन्ट विशेष रुपमा स्मरणीय छ ।’</p><p>अनि, फेसबुकको हेल्प सेन्टरमा गएर यसको खास अर्थ खोजेँ । त्यहाँ प्रष्टै लेखिएको थियो , ‘मेमोराइज्ड अकाउन्ट कुनै पनि दिवंगत व्यक्तिलाई फेसबुकमा सम्झने र शोक व्यक्त गर्ने तरिका हो ।’ अब, भन्नुहोस् मेरो अवस्था के भयो होला ? यो समाचार नेरन्द्र साउदले अन्नपूर्णमा लेखेका छन् ।&nbsp;</p>