Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोठा भाडा तिर्ने पैसा नभएपछि नातिको साथमा शौचालयको बास

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>फागुन ६, म्याग्दी – बेनी नगरपालिका, २ तमानेकी ७५ वर्षीय जमुना सुनार शौचालयमा बसेर दुई नातिलाई हुर्काइ पढाई गर्दै आएकी छिन् । सुकुमबासी परिवारकी जमुनासँग बस्ने घर छैन । दुई छोरालाई आफ्नो जिम्मा लगाएर उनका कान्दा छोराबुहारी बेखबर भएपछि वृद्धा जमुनाकाको काँधमा नौ र सात वर्षीय नातिहरुको पालनपोषणको जिम्मेवारी आइपरेको हो । गत मंसिरदेखि बगरफाँटको सरस्वती आधारभूत विद्यालयको प्रयोगबिहीन शौचालय उनीहरुको घर बनेको छ ।&nbsp;<br></p><p>दुई वर्षदेखि हेरचाह</p><p>कान्छा छोरा राजु दोस्रो बिहे गरेर बेखबर भएपछि नौ वर्षीय एनस र सात वर्षीय सिमसन दुई नातिलाई दुई वर्षदेखि आफैँले हेर्ने गरेको जमुनाले बताइन् ।&nbsp; बाबा र आमाले नै दोस्रो विवाह गरेर छोराहरुलाई अलपत्र पारेपछि नातिहरुको हुर्काइ पढाई आफ्नो काँधमा आएको उनको भनाई छ । यो समाचार कमल खत्रीले नयाँ पत्रिकामा लेखेका छन् ।</p>