२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरुण तेस्रो आयोजनामा बम विस्फोट, घटना रहस्यमय

२०७५, १७ फाल्गुन शुक्रबार २१:०७

फागुन १८, काठमाडौं – संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रूपमा स्विच दबाएर शिलान्यास गरेका थिए । ०४२ सालदेखि सुरु भएको अरुण–३ जलविद्युत् आयोजना लामो समय रोकिएर केही वर्षअघिबाट सुचारु भएको हो । 

आयोजनामा भारत सरकारको ७४.५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५.५ प्रतिशत स्वामित्व रहेको छ । विद्युत् उत्पादन भएको २५ वर्षपछि नेपालको स्वामित्वमा आउनेछ भने स्थानीयले ३० मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता छ । अरुण तेस्रो आयोजनाले जिल्लाको साबिक पाँच गाविस मकालु, नुम, याफु, दिदिङ र पाथीभरालगायतका स्थानमा प्रत्यक्ष प्रभावित पार्नेछ ।

आयोजनाको काम तीव्र ढंगले भइरहे पनि केही समयदेखि विभिन्न समूहको आक्रमणको निसानामा परेको छ । आयोजनालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता भने पत्ता लाग्न सकेको छैन । आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको हो । यो समाचार नवीन गुरङले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ