२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व राजा ज्ञानेन्द्र मध्य तराई जाँदै

२०७५, १७ फाल्गुन शुक्रबार २१:५३

फागुन १८, काठमाडौं । दमक स्थित आफ्नो स्वामित्वमा रहेको हिमालयन टि गार्डेनमा बस्दै आउनुभएका पुर्व राज्ञा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २२ गतेबाट शुरु हुने भएको छ ।

यो खबर नेपाल समाचारपत्र दैनिकमा छ । देश दौडाहाको क्रममा उहाको पहिलो भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दु राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसंगै ज्ञानेन्द्रलेपनि आफ्नो यात्रा शुरु गर्न लाग्नुभएको हो ।

उहा केहीदिन जनकपुर बसेर सोही होटलबाट मध्य तराईको यात्रा तय गर्न लाग्नुभएको हो । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने

त्यसको भोलि पल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ । उहाको सबै भ्रमण धार्मिक मठमन्दीर दर्शन गर्ने रहेको छ ।

पहिलो भ्रमण जनकपुर

धार्मिक भ्रमणसंगै उहाले विभिन्न स्थानमा आयोजना गरिने कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको स्रोतले जनाएको छ । उहा सडक मार्गबाटै विभिन्न जिल्लाको भ्रमण गर्नुहुने भएको छ । २३ गते सिराहा पुगेपछि २४ गते पुनः जनकपुर बस्ने कार्यक्रम तय भएको छ ।

२५ गते उदयपुर पुगेर विभिन्न धार्मिक कार्यक्रममा सरिक भएपछि २६ गते सप्तरीको राजविराज जाने कार्यक्रम रहेको छ । सोही दिन दमक पुगेर थप कार्यक्रम तय हुने स्रोतले जनाएको छ । ज्ञानेन्द्रको साथमा निजी सचिव सागर तिमल्सिना र निजी सहयोगी सुदन थापा, निजी सुरक्षाकर्मी शसस्त्रका डिएसपी शिव रावतको मात्र सहभागिता रहने भएको छ ।

पुर्वरानी कोमल काठमाडौ रहेकोले ज्ञानेन्द्र एक्लै भमणमा निस्कन लागनुभएको हो । उहाका साथमा कारगेट सहित करिब आधा दर्जन सवारी साधन प्रयोग हुनेछन् ।

राजावादीले आयोजना गरेको कार्यक्रममा स्थानीयस्तरबाटै स्वागत गरिने कार्यक्रम रहेको छ । पुर्व राजाका संवाद सचिव डा. फणिराज पाठकले हिजो शुक्रबार विज्ञप्ति जारी गर्दै पुर्व राजा ज्ञानेन्द्र आउदो सातादेखि धनुषा, सर्लाही, सप्तरी र उदयपुर गरी चार जिल्लाको भ्रमणका निस्कने जानकारी गराउनुभएको छ । ज्ञानेन्द्रको विभिन्न जिल्ला भ्रमणको तालिका तय गर्न निजी सचिव सागर तिमल्सिना र सुरक्षाकर्मीले सबै जिल्लाको सुरक्षाको अवस्थाबारे जानकारी लिएका छन ।

२६ गते दमक पुगेपछि थप कार्यक्रमको तयारी गरिने भएको छ । फागुन महिनाभरीनै पुर्वाञ्चल र मध्य तराईका जिल्लामा करिब एक दर्जन कार्यक्रम तय गरिएको छ ।

धार्मिक भ्रमणसंगै उहाले राजनितिक भेटघाट गर्ने हुनुभएको स्रोतले जनाएको छ । तराई भ्रमण सकेर दमक पुगेलगत्तै ज्ञानेन्द्रले राजनीतिक भेटघाट गर्नुहुने भएको छ । को–को संग भेट गर्ने भन्ने विषयमा टुंगो नलागेपनि राप्रपा नेपाल लगायत मधेशवादी दलका विभिन्न तहका नेतासंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । ‘पहिलो भ्रमण गरेर स्थानीय जनताको चहाना बुझेपछि ती जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्तासं भेट गर्ने कार्यक्रम रहेको’ छ–स्रोतले नेपाल समाचारपत्रसंग भन्यो ।

माघ १३ गतेदेखि दमक बस्दै आउनुभएका ज्ञानेन्द्र करिब एक महिना पछि जिल्ला दौडाहामा निस्कन लाग्नुभएको हो । अघिल्लो वर्ष दमक पुग्दा तीनवटै राप्रपाका तेस्रो तहका नेतासंग भेट गरी हिन्दुधर्म र राजसंस्थाप्रति लगाव भएका राजनीतिक दल एकढिक्का भएर हिन्दुराज्यको पक्षमा लाग्न सल्लाह दिनुभएको थियो ।

करिब अढाई महिना अघि गएको पु्स २ गते पोखरा बसाईको क्रममा ज्ञानेन्द्रले भेट गरेका अधिकांसले हिन्दु धर्म र राजतन्त्रलाई संगै लैजानुपर्ने विषयमा बहस गरेका थिए ।

त्यहा अधिकांस नेताले ज्ञानेन्द्रलाई हिन्दुराज्य कायम गर्न सक्रिय हुन सुझाव दिएका समेत दिएका थिए । पोखरामा राप्रपा नेपालका अध्यक्ष कमल थापा , पुर्व मन्त्री लगायत केही राजावादीसंग भेट गर्नुभएको थियो । विशेषगरी राप्रपा नेपाल र राजावादीहरुको सल्लाह अनुसार ज्ञानेन्द्र शाह धार्मिक भ्रमणको नाममा राजनितिक भेटघाट गर्न लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी