२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सौल–काठमाडौँ रेलमार्गः दुईवटा मार्ग प्रस्ताव

२०७५, १९ फाल्गुन आईतवार ०३:५४

फागुन १९, काठमाडौँ | राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौँ  रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो । 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ ।

कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए । अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ । 

मिश्रले भन्नुभयो, ‘‘यी दुवै ‘एलाइनमेन्ट’ माथि अहिले छलफल भइरहेको छ, यसबारे नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव ती कम्पनीलाई पठाइने छ ।”

प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ । छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ र त्यो अलि जोखिम पनि हुनसक्ने छ । ‘‘त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने छ,’’ महानिर्देशक मिश्रले बताए । 

लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले जानकारी दिए ।   

- यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ