Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कार्यकाल लम्ब्याउने देउवाको दाउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २१, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल थप डेढ वर्ष बढाउन चाहेका छन् ।

केही दिनअघि केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७६ फागुन ७ गते महाधिवेशन गर्न प्रस्ताव राख्दा उनले ठाडै अस्वीकार गर्दै साढे ५ वर्षमा मात्रै केन्द्रीय महाधिवेशन गर्ने जवाफ दिएका थिए ।

देउवाले कार्यकाल २०७६ फागुन मसान्तमा सकिन्छ । असाधारण स्थितिमा थप एक वर्ष बढाउन मिल्ने पार्टी विधानमा व्यवस्था छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा भने साढे ५ वर्षको अवधि छ । देउवाले त्यही व्यवस्थामा टेकेर पौडेललाई जवाफ दिएका हुन् ।

पौडेल पक्षले विशेष परिस्थिति नपरी कार्यकाल बढाउनु अनैतिक हुने धारणा राख्दै आएको छ ।

-  यो समाचार आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानले लेखेका छन् ।