Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी नै गायब !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, लन्डन | स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना  दोश्रोपटक घटेको पनि तिनीहरुले जनाएका छन् ।

बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो ।

विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत छोडिसकेको बताइएको छ ।

तर, अनुसन्धानकर्ताहरुले भने अहिल्यै उनको एचआईभी निको भइसकेको भन्न पनि नसकिने बताएका छन् । यसैगरी विशेषज्ञहरुले अधिकांश एचआईभी पीडितलाई यस विधिबाट उपचार गराउनु व्यवहारिक नभएको तर एक दिन एचआईभीविरुद्धको सफल उपचार पत्ता लगाउन यो उपाय सहायक सिद्ध हुने बताएका छन् ।

यी बिरामीलाई सन् २००३ मा एचआईभी भएको पत्ता लागेको थियो भने उनी सन् २०१२ मा होड्नकिन्स लिम्फोमा नामक क्यान्सरको अन्तिम चरणबाट पीडित हुन पुगेका थिए ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।