Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बाग्मती सोचेजस्तै सफा नभएपछि सहयोग रोक्ने एडीबीको चेतावनी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, काठमाडौँ | एसियाली विकास बैंक (एडीबी)ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ ।

मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो ।

आयोजना अन्तर्गत बाग्मती किनारमा बगैँचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोसन गरेर नदीमा पठाउने कार्यक्रम छ । यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले आफूहरुले जग्गा परेको भन्दै मुआब्जा मागेपछि एक महिनादेखि काम ठप्प छ ।

‘स्थानीयले विवाद झिकेका छन्,’ अधिकार सम्पन्न बाग्मती आयोजनाका प्रमुख आशिष घिमिरेले भने, ‘एडीबीले हात झिक्ने चेतावनी दिएको छ, अब आयोजना अलपत्र पर्ने भयो ।’

- यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।