Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

युरोप छिर्न नेपालको बाटोः दुबई पुगेपछि पत्ता लाग्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २३, काठमाडौँ | चार इरानी नागरिक स्लोभेनियाको पासपोर्ट लिएर दुई साताअघि नेपाल आए । अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन अधिकारीले उनीहरुलाई १५ दिन ‘अन अराइभल’ भिसा दिए । १३ फागुनमा दुबई हुँदै स्लोभेनियातर्फ लागे ।

नक्कली भिसा लिएर स्लोभेनिया पुग्ने उनीहरुको योजनामा नेपालको अध्यागमनले ‘सहयोग’ गरेपनि दुबईको अध्यागमनबाट उम्कन सकेनन् । पासपोर्ट नक्कली भएको भन्दै दुबईको अध्यागमनले उनीहरुलाई नेपाल नै फर्काइदियो । त्यसपछि मात्र नेपालका अध्यागमन अधिकारीहरुले उनीहरुको नक्कली पासपोर्टमा भिसा र प्रस्थान अनुमति दिएको चाल पाए ।

हाल अध्यागमन विभागको हिरासतमा रहेका उनीहरुसँग इरानको समेत पासपोर्ट भएको खुलेको छ ।

युरोप जान नेपालको बाटो

अनुसन्धानमा आबद्ध विभागका अधिकारीका अनुसार उनीहरु जसरी पनि युरोप जान चाहान्थे । टर्कीमा युरोपियन देशको पासपोर्ट किन्न पाइने सुनेका थिए । सोही अनुसार टर्की पुगेर परिवारका चारैजनाको पासपोर्ट बनाएका थिए । टर्की युरोपसँगै जोडिएको छ । तर, उनीहरु सीधैँ स्लोभेनिया गएनन् । नेपाल हुँदै स्लोभेनिया जान गिरोहले सुझाएका थिए । सोहीअनुसार चारैजना नेपाल आएका थिए ।

- यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।