2026-09-20 07:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी बेवास्ता उदेकलाग्दो: निसाना छापमा कालापानी गायब

फागुन २३, काठमाडौँ | नेपाली भूभाग कालापानीप्रति सरकारी बेवास्ता उदेकलाग्दो छ । सरकार र मातहतका कार्यालयमा प्रयोग गरिएको नक्सामा अझै कालापानी गायब छ ।

भारतले मिचेर आफ्नो सेनाको शिविर राखेको कालापानीबारे सरकारको मौनता टिठलाग्दो देखिएका बेला नक्साबाटै पनि कालापानी गायब गरिएको हो । 

नेपालको सुदूरपश्चिम प्रदेशस्थित दार्चुलामा अवस्थित कालापानी नदीको पश्चिममा भारतको उत्तराखण्ड राज्य पर्दछ । भारतले मिचेपछि विवादित बनेको कालापानीमा आफ्नो अधिकार खोज्नेतर्फ समेत नेपाल सरकारले चासो दिएको छैन । 

यस्तो अवस्थामा सूचना तथा सञ्चार मन्त्रालयको प्रमाणीकरण नियन्त्रकको कार्यालयकै वेबसाइटको निसाना छापमा कालापानी गायब छ । देशको निसाना मानिने निसाना छापमा राखिएको नक्सा नै त्रुटिपूर्ण छ । नेपालको भूमि नापनक्सा गर्दै आएको नापी विभागका पूर्वउपनिर्देशक सुरेशमान श्रेष्ठले कालापानी नभएको नक्सा सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । 

– यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो