Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पूर्व – पश्चिम रेलमार्गको डिपिआर नहुँदै हातपात

By साझासवाल 2 मिनेट पढाइ

फागुन २५, काठमाडौं | पूर्व-पश्चिम रेलमार्गको बुटवल खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषयमा छलफल गर्न बसेको बैठकमा हातपात भएको छ । सो क्रममा स्थानीय ज्वोतीप्रसाद कुटिएका छन् ।

डिपिआर गर्न बाँकी रहेको सो क्षेत्रमा माटो परीक्षण गर्न पुगेको रेल विभागका कर्मचारी, चिनियाँ प्रतिनिधि, स्थानीय प्रतिनिधि र प्रभावित क्षेत्रका बासिन्दासहित बुधबार बुटवल उपमहानगरपालिका वडा नं. ११ कार्यालयमा बैठक बसेको थियो ।

उक्त बैठकमा सहमतिसहित डिपिआर गर्ने छलफल भइरहेको बेला आफ्नो क्षेत्रबाट रेल ल्याएको भन्दै प्रभावित क्षेत्रका तीन व्यक्तिले अर्याललाई कुटेका थिए । अर्याल पनि प्रभावित क्षेत्रकै बासिन्दा हुन् । ‘छलफलका क्रममा बिनाकारण आक्रमण भएको छ,’ सोही क्षेत्रका ज्येष्ठ नागरिक मञ्चको संयोजकसमेत रहेका ६६ वर्ष अर्याललृ भने, ‘ममाथि अन्याय भएको छ ।’

- यो समाचार सन्तोष न्यौपानेले नागरिक दैनिकमा लेखेका छन् ।