Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जब आङछिरिङ शेर्पाले आफ्नो श्रद्धाञ्जली आफैले पढे !

By kit 4 मिनेट पढाइ

फागुन २५, काठमाडौं – नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रुपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकै पटक धरै इमेल आउँदा उनको इमेल नै ह्याङ भयो ।

ठमेल छाया सेन्टर सामुन्ने छ, उनको कार्यालय । स्टाफ ती दुई दिन फोन उठाउन भ्याइ नभ्याई थिए । सबैलाई स्पष्टिकरण दिँदा दिँदा स्टाफहरु हैरान भए । उनके मोबाइलका घन्टी पनि निरन्तर बजिरह्यो । सीधै उनको मोबाइलमा कल गर्नेहरुले सानो स्वरमा सोध्ये, ‘आर यू आङछिरिङ, आर यू ओके ?’

१५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित सात जनाको ज्यान गएको थियो । त्यस घटनालगत्तै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल श्रद्धाञ्जली भरिए । दुर्घटनामा परेका आङछिरिङ मिडियामा आउन त्यति नरुचाउने व्यक्ति थिए । यता एनएमएका पूर्वअध्यक्ष आङछिरिङको भने पर्यटन व्यवसायीका नेतासमेत भएकाले गुगलमा तस्बिर सहजै भेटिन्थ्यो।

अधिकांशले अनलाइनले समाचार एनएमएका पूर्वअध्यक्ष आङछिरिङको तस्बिरसहित पोस्ट गरे भने सामाजिक सञ्जालमा पनि उनकै तस्बिर पोस्ट भए। त्यसैले उनले मात्र होइन, उनका कार्यालयका स्टाफले पनि निरन्तर एउटै स्पष्टीकरण दिनुपरेको थियो, ‘दुर्घटनामा परेको आङछिरिङ यती एयरका प्रबन्ध दिर्नेशक हुन्।’ उनका हितैषी तथा शुभचिन्तकले फोनमा कुराकानी भएसँगै भन्थे, ‘ओ गड, थ्यांक्स।’

तीन कार्यकाल एनएमएका अध्यक्ष भइसकेका उनी पर्यटन व्यवसायी, पर्यटनमा रुचि राख्ने र विश्वभरका पर्वतारोही तथा तिनका आफन्तसँग परिचित छन्। त्यसैले पनि उनको तस्बिरसहित श्रद्धाञ्जलीका समाचार तथा स्टाटस पोस्ट भएको हुन सक्छ भनेर भन्न सकिन्छ। तर, यसमा सञ्चारकर्मीको असावधानी पनि उत्तिकै जिम्मेवार देखिन्छ। सञ्चारकर्मीले ब्रेकिङ न्युज हाल्न हतार गर्दा उनले जीवित छँदै आफ्नो श्रद्धाञ्जली पढ्नुपर्‍यो। यसले दिएको तनाव र पीडा शब्दमा व्यक्त गर्नै नसकिने उनले बताए । यो समाचार नयाँ पत्रिकामा दिवाकर पन्तले लेखेका छन् ।