2026-09-13 04:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया उडेको बिमानमा सवार आमाले बिमानस्थलमै बच्चा भुलेपछी, विमान फर्काइयो

फागुन २८, एजेन्सी | एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन् ।

ती महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए । गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन् ।

हाल एउटा अडियो क्लिप निकै भाइरल भइरहेको छ जसमा विमानस्थलका कर्मचारी र पाइलटबीचको संवाद रहेको छ ।

पाइलटले एटिसीका कर्मचारीलाई सोध्छन्, ‘भगवान हामीसँग रहुन् । के हामी फर्कन सक्छौँ ।’ 

त्यसपछि एक एटिसीका कर्मचारीलाई ‘यो विमानले फर्कन आग्रह गर्दैछ… एक जना यात्रुले आफ्नो बच्चा प्रस्थान कक्षमा नै भुलेछिन्, विचरा ।’

त्यसपछि उनीहरु भन्छन्, ‘ठीक छ गेटमा फर्क, यो हाम्रो लागि विलकुलै नयाँ घटना हो ।’

फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाएको देखाएको थियो । तर, यही कारणले विमानको उडानमा ढिलाइ भएको भन्ने स्पष्ट छैन ।

गत वर्ष जर्मनीका एक जोडीले पनि छुट्टी मनाएर फर्कने क्रममा आफ्नो छोरीलाई विमानस्थलमा नै भुलेका थिए ।

यो पनि…

हवाईजहाजको रङ्ग सेतो किन हुन्छ ?

हवाईजहाजको रंग सेतो हुनुको वैज्ञानिक र आर्थिक कारण छ । यस बिषयमा तपाइँले कहिलै सोच्नुभएको छ ? प्राय हवाईजहाँको रङ्ग किन सेतो हुन्छ ? सायद तपाइले यस बिषयमा त्यति ध्यान दिनुभएको छैन ।  त्यसो भए साझा सबाल अनलाइनले यस बिषयमा जानकारी दिनेछ । 

हवाईजहाजको रङ्ग प्राय सेतो हुनुको बैज्ञानिक तथा आर्थिक कारण मुख्य रहेको छ । 

हवाईजहाजलाई तात्नबाट सेतो रङ्गले बचाउँछ, यो बैज्ञानिक कारणमा पर्छ । जहाजलाई सेतो रङ्गकै बनाउनुको मुख्य र पहिलो कारण नै प्लेनलाई तातोबाट बचाउनुनै रहेको छ । जहाज आकासमा उड्ने भएकाले यसलाई घामको तापबाट जोगाउनु मुख्य मानिन्छ । रनवेदेखि आकाससम्म घाममै रहने हुनाले तात्नबाट यसलाई जोगाउन सेतो रङ्गकै आवश्यकता पर्छ । जहाजमा सिधै घामको किरण पर्ने हुँदा, किरणमा हुने इन्फ्रारेड रेहरुले निकै ताप पैदा गर्ने हुँदा सेतो रङ्ग प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ । सेतो रङ्गले घामको किरणलाई रिफ्लेक्ट गर्छ । यो जानकारी राखौंकि सेतो रङ्गले सुर्यको ९९ प्रतिशतसम्म किरणलाई रिफ्लेक्ट (फिर्ता) गर्दिन्छ जसको कारण प्लेन तात्न बाट मद्धत पुग्छ । अरु रङ्ग प्रयोग गर्दा रिफ्लेक्टको प्रतिशत कम हुने हुँदा छिटो तात्छ र प्लेन तात्नु खतरनाक हुन्छ । यस बिषयमा स्पष्ट भनिएको छ कि – ‘The color white is a terrific reflector of sunlight, and reflects almost all the light that falls on it, unlike other colors, which absorb some of the light.’

सेतो रङ्गको कारण जहाज स्क्र्याच भएको वा टुट-फुट भएको सहजै देख्न सकिन्छ । यसैले सेतो रङ्गलाई जहाजको निरीक्षणमा मद्धत दिने रङ्गको रुपमा पनि लिइन्छ । 

त्यस्तै भिजिबिलीटी पनि अर्को कारण मानिन्छ । अरु रङ्गको तुलनामा सेतो रङ्गको  भिजिबिलीटी (सजिलै देख्न सकिने) धेरै हुन्छ । आकासमा सेतो प्लेनलाई सजिलै देखिन सकिन्छ । जसको कारण दुर्घटना हुनबाट बच्न सकिन्छ । चराले समेत सजिलै प्लेन देख्न सक्ने हुँदा छलिने प्रयास गर्छ जसको कारण दुर्घटनाबाट बच्न सकिन्छ । 

त्यस्तै सेतो रङ्गको तौल अरु रङ्गको भन्दा कम हुने हुँदा पनि जहाजमा सेतो रङ्ग प्रयोग गरिन्छ । 

माथिका कुराहरु जहाज सेतो हुनुको बैज्ञानिक कारणमा परे अब जहाज सेतो हुनुको आर्थिक कारणबारे पनि जानौं । 

जहाज सेतो नै हुनुको कारणबारे बिज्ञहरुले बताए अनुसार सेतो रङ्गको जहाजको रीसेल भ्यालु धेरै हुन्छ । यसको साथै रात बाहेक प्राय सिधा घाममा अन्य रङ्गको आयु कम हुने हुन्छ । सेतो रङ्गलाई घामले त्यति असर गर्न सक्दैन तर अन्य रङ्गलाई घामले खुइल्याउने (रङ्ग उड्ने) हुँदा पटक-पटक पेन्ट गर्नुपर्ने बाध्यता हुन्छ । जसको कारण खर्च बढ्न जान्छ । सेतो रङ्ग प्रयोग गर्दा पटक-पटक पेन्ट गरिराख्नुपर्दैन । 

यदी यस बिषयमा थप जान्न चाहनुहुन्छ भने गुगलमा पनि धेरै कुरा अध्ययन गर्न सक्नु हुन्छ । यदी Why Are Airplanes Usually White? लेखेर खोज्नुभएमा यस बिषयमा थप जानकारी पाउन सक्नुहुनेछ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन