2026-09-20 07:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूह प्रतिबन्ध लगाएसँगै नेताहरु भूमिगत

फागुन २९, काठमाडौँ | सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा माग गरि त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदासमेत उक्त समूह नआएपछि सरकारले प्रतिबन्ध लगाउन परेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओलीले उक्त बैठकमा विप्लव समूहको गलत क्रियाकलाप बन्द गर्न कठोर कदम चाल्नुपर्ने अवस्था र्सिजना भएकाले सरकार चुप लागेर बस्न नहुने बताउनुभएको थियो । 

मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै गतिविधि गर्न नदिने गरी प्रतिबन्ध लगाएको हो । विप्लव समुहले आफ्नो प्रभाव क्षेत्रमा चन्दा संकलन गर्ने, बम पडकाउने लगायतको क्रियाकलापलाई तीब्रता दिएपछि केही समययता मात्र करिब चार सय भन्दा बढी नेता तथा कार्यकता पक्राउ परेका छन् । आफू माथी सरकारी प्रतिबन्ध लागेसँगै नेकपाका केन्द्रिय नेता तथा सक्रिय कार्यकर्ता अर्ध भूमिगत जस्तै भएका छन् । नेताहरुसँग सम्पर्क हुन सकेको छैन । 

– यो समाचार नेपाल समाचारपत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो