Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौँमा भूमिगत पानीको भण्डार रित्तिँदै, भासिन सक्ने चेतावनी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९ , काठमाडौँ | काठमाडौं उपत्यका वरिपरि ठूला नदीनाला नहुँदा र दैनिक ठूलो परिणाममा जमिन मुनिको पानि उपभोग हुँदा सतहको पानी भण्डार रित्तिदै गएको छ ।

आजको नयाँ पत्रिकामा लेखिएको समाचार अनुसार काठमाडौँ उपत्यकामा पानीको अर्को स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । लामो समयदेखि काठमाडौँ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न थालेपछि पानीको सतह तीव्र रूपमा घट्दै गएको छ । जमिनमुनि पानीको भण्डार रित्तिने र थप पानी रिचार्ज हुन (ग्राउन्ड वाटर रिचार्ज) कम हुँदै जान थालेपछि उपत्यका जुनसुकै वेला भासिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

भूमिगत जलस्रोत विकास समितिले विगत नौ वर्षदेखि उपत्यकाका विभिन्न २९ ठाउँमा डिप ट्युबवेल राखेर गरेको अध्ययनबाट हरेक वर्ष पानीको सतह घट्दै गएको देखिएको हो ।

आवास भवन, उद्योग, कलकारखाना, सडक लगायत भौतिक संरचना वातावरणमैत्री नहुँदा जमिनमुनि रिचार्ज हुन समस्या भइरहेको भूमिगत जलस्रोत विकास समितिको भनाइ छ ।

त्यस्तै बिज्ञहरुले उपत्यकाबाहिर जमिनमुनिको पानीमा समस्या नरहेको बताएका छन् । उपत्यका बाहिरका केही ठाउँमा डिप ट्युबवेल राखेर जमिनमुनि पानीको अध्ययन गर्दा उपत्यका बाहिर भने कुनै पनि ठाउँमा जमिनमुनि पानीको सतह नघटेको बिज्ञहरुले जनाएका छन् ।

बिज्ञहरुले उपत्यकाका २९ ठाउँमा डिप ट्युबवेल राखेर अध्ययन गर्दा पानीको सहत घटेको पाइएको बताएका हुन् ।