Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुतेको बेला घुर्ने बानी छ ? यसरी हटाउन सकिन्छ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १, काठमाडौँ | राति घुर्ने बानीले हैरान हुनुभएको छ भने यसको नियन्त्रणको लागि केहि उपायहरु छन् ।

- सबैभन्दा पहिला त समस्या भएको व्यक्ति आफैँले घुर्ने बानी नियन्त्रण गर्ने कोसिस गर्नुपर्छ । सुत्दा उत्तानो परेर सुत्नुहुँदैन । सधैँ कोल्टे फेरेर सुत्दा श्वासनलीमा असर पर्दैन, फलस्वरूप घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ ।

-सकभर बेलुकीको खाना हलुका किसिमको लिनुपर्छ । त्यस्तै, बढी चिल्लो, पिरो भएका खाना खानुहुँदैन ।

- सकेसम्म नियमित व्यायाम गर्नुपर्छ । यसले घुर्ने समस्यासँगै शरीर सुगठित हुन पनि मद्दत गर्छ ।

-शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा असर परिरहेको हुन्छ । मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ ।

-घुर्ने मानिसमा टन्सिलको समस्या पनि भएमा झन् बल्झिने हुन्छ । तसर्थ, यसको समयमै उपचार गर्नुपर्छ ।

-घुर्ने समस्या बढी देखिएमा चिकित्सकसँग सल्लाह लिनु आवश्यक हुन्छ ।

-  अत्यधिक धूम्रपान–मध्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ ।