चैत ३, काठमाडौँ – भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् ।

गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो । यो समाचार आजको मातृका दाहालले लेखेका छन् ।

कलेजको स्वामित्व विवाद मिलाइदिने भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाएको ७८ लाख घुस प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो ।

७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार
Leave a Comment
Leave a Comment