चैत ५, काठमाडौँ | प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो ।

अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो ।

यती एयरलाइन्सको उक्त एटीआर विमान अल्फा माइक नोभेम्बरले काठमाडौं विमानस्थलमा अवतरण गर्नुअघि जहाजमा भीभीआईपी सवार रहेको एटीसीलाई जानकारी गराएका थिए । तर, एटीसीले भीभीआईपी सुन्नुपर्नेमा भीआईपी मात्रै सुनेको स्रोतले बतायो ।

- कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Related News