विप्लव समूहविरुद्ध सरकार आक्रामक: कन्ट्रोल डेलीभरी र अन्डर कभर अपरेसन सुरु

साझासवाल
1 Min Read

चैत ७, काठमाडौं | सरकारले नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई रोक लगाएपछि प्रहरीले आक्रमक अपरेसन सुरु गरेको छ ।

विप्लव समूहले पहाडी जिल्ला केन्द्रीत गतिविधिलाई तीव्र बनाएसँगै प्रहरी प्रधान कार्यालयले पनि तिनै जिल्लामा अपरेसन केन्द्रीत गर्न मतहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले आवश्यक अनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कारबाही (अन्डर कभर अपरेसन) पद्धति अपनाएर अपरेसन सुरु गरेको हो ।

मंगलबार राति महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले काभ्रेमा कारबाही गर्दा पनि सोही पद्धति अपनाएको थियो । ललितपुरको नख्खुमा भएको बम विस्फोथटन र बसुन्धरामा भएको बम विस्फोटमा संलग्नहरुको खोजी गर्दै जाँदा प्रहरीले सर्च अभियानभन्दा पनि अन्डर कभर अपरेसनलाई प्राथमिकता दिएको हो ।

- यो समाचार टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन् ।

Share This Article
Leave a Comment

Leave a Reply