भट्टराईको दावी: विप्लवको एजेन्डा राजनीतिक छैन, छिटफुट घटना हुन्छ

साझासवाल
1 Min Read

चैत ८, काठमाडौं | नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् ।

द्म्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, ‘सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका भए पनि राष्ट्रिय चासोबारे प्रस्ट राजनीतिक माग नभएका कारण उनीहरुकाले जनमत तान्न सकेका छैनन्, आन्दोलनको औचित्य पुष्टि हुन सकेन् ।’

भट्टराईले आफूहरुले राखेको ४० सूत्रीय मागमा तत्कालीन सरकारको ध्यान नगएकाले ‘जनयुद्ध’ थाल्न परेको सम्झिए । माग नै प्रस्ट नभएको आन्दोलनले छिटपुट घटना गराए पन राजनीतिक यात्रा पूरा गर्न नसक्ने उनले दाबी गरे ।

- यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

Share This Article
Leave a Comment

Leave a Reply