Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्रधानमन्त्री रोजगार कार्यक्रमले तानेन युवा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, काठमाडौं | चार महिनाअघि सरकारले युवालाई स्वदेशमै रोजगारी दिलाउने भन्दै तामझामका साथ प्रधामन्त्री रोजगारी कार्यक्रमको सुरु गर्यो । उक्त कार्यक्रममा सहभागी भइसकेपछि लाग्थ्यो अब युवायुवती वैदेशिक रोजगारीमा जाँदा एक पटक सोच्नेछन् । किनकि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उक्त कार्यक्रमका उद्घाटन सत्रमा नयाँ युगको सुरुवात भएको घोषण गरेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गरेको बजेट भाषणमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्वदेशमा रोजगारी सिर्जना गर्त तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । अर्को आर्थिक वर्षको बजेट भाषण आउन करिब दुई महिना बाँकी रहँदा स्वदेशमा कति रोजगार सिर्जना भए भन्ने यकिन हुन नसके पनि युवाको विदेश मोह भने बढेको पाइएको छ ।

युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना हुन अपेक्षा गरिएको बेला कोरिया जान हालसम्मकै ठुलो संख्याले फारम भरेका छन् । सरकारले युवालाई स्वेदशमा रोजगारी उपलब्ध गराउने बताइरहेको बेला युवाको मोह वैदेशिक रोजगारीमा बढ्दा अब गम्भीर रुपमा सोच्ने पर्ने बेला आएको विज्ञहरुको ठहर छ ।

‘रोजगारका लागि कोरिया जान जसरी ठुलो संख्यामा युवाको चासो देखियो, समधानका लागि सरकारले ठुलै हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ श्रमविज्ञ केशव बस्यालले भने ।

- यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।