2026-09-20 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधी

चैत २०, काठमाडौँ | बारा फेटा गाउँपालिका पुरैनियाका मुनाफ अन्सारीको परिवार आइतबार साँझ करिब ८.०० बजे खाना खाने तयारी गर्दै थिए । हावाको एक झोक्काले कच्ची घरमा हानेपछि मुनाफ बाहिर निस्कनुभयो । “ठूलो ठूलो असिना झरिहाल्यो,” उनले थपे, “के भयो भनेर थाहा नपाउँदै ठूलो हुरी आयो ।” 

यो सिजनमा आउने कतिपय आँधीले सानो क्षेत्र ओगटे पनि कडा प्रभाव बोकेको हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताउँछन् । 

“चितवन हुँदै वेगमा गएको चिसो बादलसँग बङ्गालको खाडी र अरेबियन खाडीको तातो वायुसहित वेगमै आएको बादल त्यो क्षेत्रमा पुगेर मडारियो,” विज्ञ श्रेष्ठले थपे, “बादलभित्रै तातो वायु र चिसो वायुको घर्षण सानो घेराभित्र धेरै हुँदा ठूलाठूला ढिक्काको असिना बन्यो ।” त्यो क्रम वायुमण्डलको उच्च तहमा नभई तल्लो तहमै भएकाले बारा पर्सामा ठूला असिना बर्षिएको उहाँले बताउनुभयो । हुन पनि असिनाको आकार पनि झण्डै अण्डाजस्तो भएको स्थानीयको भनाइ छ ।

वायुमण्डलमा न्यून चापीय रेखाको विकास भएपछि यसरी वायु पश्चिमबाट पूर्व्तिर बहन्छ । त्यही दिन बङ्गालको खाडीबाट साढे एककिलोमिटरको उचाइ हुँदै तातो हावासहितको बादल उत्तरपश्चिम हुँदै त्यहाँ पुग्यो । “भारतको मध्यप्रदेशको न्यून चापीय प्रणालीबाट खाली ठाउँ खोज्दै आएको थियो,” मौसमविद् मिन अर्यालले भने, “त्यहीबेला अरेबियन सागरको उच्च चापीय तातो वायु पनि त्यही गतिमा बारा पर्सा आइपुग्यो ।” यसरी आएको वायुको वेग झण्डै ७० किलोमिटर प्रतिघण्टा रहेको थियो । 

उनका अनुसार तीव्र गतिको तातो, चिसो हावा र स्थानीय वायु खुला ठाउँमा एकैचोटी ठोक्किँदा आँधीको विकास भयो । तातो हावा माथि जान खोज्ने र चिसो हावा तल खस्न खोज्ने सङ्घर्षले भुमरी बन्यो । मौसमको त्यो चक्रले असिनासँगै आँधी मानव बस्तीमा वर्षियो । 

अर्यालले त्यो समयको अध्ययन भू–उपग्रहमा गरिरहँदा तस्बिरमा साना साना केही थोप्लाको सङ्केतमात्र देखिएको थियो । त्यसको उच्च प्रभाव थाहा पाए पनि नेपालमा स्थानीय मौसम अध्ययन गर्ने राडार अभावका कारण तत्कालै स्थान यकिन गर्न नसकिएको उनले स्पष्ट पारे । 

– यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो