२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी कम्पनी अरामकोले तोड्यो सबै रेकर्ड

२०७५, २० चैत्र बुधबार ०२:२०

चैत २०, काठमाडौं | विश्वकै बढी तेल उत्पादन गर्ने कम्पनी साउदी अरामको नाफा विश्वको अन्य कुनै पनि कम्पनीको भन्दा बढी भएको छ । रेटिङ एजेन्सी मुडिजको अनुसार साउदी अरामकोले गत वर्ष १ सय ११ अर्ब डलर मुनाफा गरेको थियो । यो एप्पलको ५९.५३ अर्ब डलरको नाफाभन्दा ४६ प्रतिशत बढी हो । 

साउदी अरामकाको नाफा जे पी मोर्गान चेज, अल्फाबेट, फेसबुक तथा एक्सन मोबिलको संयुक्तभन्दा पनि बढी भएको छ । २०१८ मा यी सबै कम्पनीको कुल मुनाफा जोड्ने हो भने १ सय ६ अर्ब डलर पुगेको थियो  । जे पी मोर्गान अमेरिकाका प्रमुख बैंकमध्येको एक हो । एक्सन मोबिल अमेरिकाको सर्वाधिक ठुलो तेल कम्पनी हो । यो कम्पनीले गत वर्ष २०.८ अर्ब डलरको मुनाफा आर्जन गरेको थियो ।


साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले पहिलो पटक आफ्नो वित्तिया नजिता घोषणा गरेको छ । २०१८ मा अरामकोको आम्दानी ३५५.९ अर्ब डलर रहेको थियो । 

२०१८ को डिसेम्बरको अन्त्यसम्ममा कम्पनीसँग ४८.८ अर्ब डलरको नगद संचिती रहेको थियो । यो २७ अर्ब डलरको ऋणको तुलनामा धेरैले बढी हो । २०१७ को तुलनामा २०१८ मा तेलको औसत मूल्यमा ३१ प्रतिशतको वृद्धि भएपछि यसले अरामकोको नाफामा पनि वृद्धि भएको हो । 


- यो समाचार कारोबारमा प्रकाशित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ