Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चिकित्सकविहीन बन्दै सुदूरपश्चिमका अस्पतालहरु

By kit 2 मिनेट पढाइ

चैत २३, धनगढी – कर्मचारी समायोजनका कारण सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकविहीन हुने अवस्थामा पुगेका छन् । अधिकांश चिकित्सकले संघ रोजेपछि प्रदेश सरकारमातहत रहेका अस्पतालहरु चिकित्सकविहीन हुने अवस्थामा पुगेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता छाएको छ ।

८७ मध्ये ७९ चिकित्सकले संघ रोजे

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ८७ जना चिकित्सकको दरबन्दी छ । तीमध्ये ७९ जनाले संघ रोजेका छन् । केन्द्रले सार्वजनिक गरेको सूचीका आधारमा समायोजन भए प्रदेशमातहतका अस्पतालमा दुई जना कन्सल्टेन्ट, तीन जना एमबिबिएस र तीन जना आयुर्वेद चिकित्सक मात्र रहने सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । यो समाचार तेजराज भट्टले नयाँ पत्रिकामा लेखेका छन् ।