Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मन्त्रीले नै सम्पत्ति विवरण लुकाएपछि…

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २३, काठमाडौं । चारजना मन्त्रीले अझै सम्पत्ति विवरण बुझाएका छैनन्।

सम्पत्ति विवरण नबुझाउनेमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइट सर्च गर्दा उहाँहरूले सम्पत्ति विवरण बुझाएको नदेखिएको हो। स्मरणीय छ, मन्त्री भएको ६० दिनभित्र उक्त विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ। सम्पत्ति विवरण नबुझाउनेमध्ये कानुनमन्त्री ढकालबाहेक अरू तीनैजना मन्त्री संघीय समाजवादी फोरम नेपालका हुन्।

फोरमका यादव र राई २०७५ जेठ १८ गते मन्त्री भएका थिए। यादव र राई मन्त्री भएको १० महिना बितिसकेको छ। सुरेन्द्रकुमार यादवलाई केहीपछि मात्र राज्यमन्त्री बनाइएको थियो। बंगलादेशमा एमबीबीएस अध्ययनरत छात्राको विषयमा दिएको अभिव्यक्तिउपर आलोचना भएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले साउन ८ गते राजीनामा दिएका थिए। त्यसपछि साउन १८ गते ढकाल कानुनमन्त्री बनेका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।