पढ्न करिब 1 मिनेट लाग्छ

चैत २६, काठमाडौँ | भू-माफियाबाट प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा व्यक्तिको नाममा दर्ता गरको पाइएपछि देशका अन्य स्थानहरुमा कस्ता चलखेल भईरहेका होलान् भन्नेमा प्रश्न उठाइएको छ ।

३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको आजको कान्तिपुर दैनिकमा खबर छ । त्यस्तै १४ रोपनी १० आना क्षेत्रफलमा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा पनि व्यक्तिका नाममा छ । पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित समितिले बालुवाटारस्थित प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा व्यक्तिका नाममा दर्ता भइसकेको फेला पारको हो ।

आफू भ्रष्टाचार नसहने र अरुलाई पनि गर्न नदिने बताउने प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासको जग्गामा भूमाफिया र भ्रष्ट कर्मचारीको बदमासी भएको बिषय आए पछी कस्तो कारवाही गर्लान भन्ने हेर्न बाँकी छ ।

बालुवाटार मात्र होइन भूमाफिया कर्मचारीहरुले देशभरीमा कयौं सरकारी भुमी तथा अन्य प्रकारका भुमीलाई व्यक्तिगत बनाउने तथा सर्वसाधारणलाई झुक्क्याएर, प्रलोभन देखाएर एक व्यक्तिको केहि भाग अर्कोमा घुसाउने तथा एउटा जग्गा धनीको जग्गा कम देखाएर अर्कोलाई जग्गा धनीलाई बढी बनाईदिएर पैसा अशुल्ने प्रवृति छ ।