मलद्वारमा लुकाइएको तीन किलो ३ सय ग्राम सुन यसरी झिकियो

साझासवाल

चैत २९, काठमाडौँ | चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट आएका तीन चिनियाँ यात्रु भन्सार अधिकारीको शंकाको घेरामा परे । बिहीबार ५ बजेतिरको कुरा हो, भन्सार अधिकारीले मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिल्यो ।

सुरुमा त भन्सार अधिकारीहरु अलमल परे, छामछुम पार्दा केही भेटिँदैनथ्यो, तर मेटल डिटेक्टरले केही भएको संकेत गरिरहेको थियो । त्यसपछि होलबडी स्क्यानिङको काम सुरु भयो ।

थप शंका भएपछि भन्सार अधिकारीहरुले प्रहरीको सहयोगमा तीनै चिनियाँलाई विमानस्थल नजिकै सिनामंगलमा रहेको केएसी अस्पतालमा पुर्‍याएका थिए । चिकित्सकहरुले एक्स-रे गरेपछि उनीहरुको मलद्वारमा विस्कुट आकारको धातु भेटिएको थियो । त्यसपछि चिकित्सकले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाएर प्रहरीको रोहवरमा प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो ।

दिसामा पहेंलो धातु खसेपछि पुष्टि भयो कि उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए ।

- जनकराज सापकोटाले कान्तिपुरमा समाचार लेखेका छन्

Leave a Comment

Leave a Reply