Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विदेशबाट फर्केका १९ हजारको आवेदन, कतिले पाए ऋण ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १०, काठमाडौँ | पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ ।

गत पुसमा वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले सहुलियत कर्जाका लागि आवेदन खुला गरेपछि उनले दिनभरि लाइन बसेर आवेदन बुझाएका थिए । त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण पाइएला भनेर सोधिरहेका छन् । बोर्डले बैंकमा जान आग्रह गरेको छ ।

‘बिनाधितो सहुलियत कर्जा पाइन्छ भनेर त्यत्रो लाइन बसिएको थियो,’ उनले भने, ‘सरकार संलग्न भएपछि सहज होला भन्ठानेको थिएँ तर अहिलेसम्म केही प्रगति भएको छैन । बेरोजगार छु ।’ पुस्करजस्ता कुल १८ हजार ७ सय ६७ युवा आफूले बुझाएको आवेदन के भयो, ऋण पाइएला कि नपाइएला भन्नेमा अनविज्ञ छन् ।

- यो समाचार आजको कान्तिपुर दैनिकमा सजना बरालले लेखेकी छिन् ।