2026-09-20 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परकम्पनले ठूलो भूकम्पको जोखिम कम

वैशाख १२, काठमाडौं | चार वर्ष अघि २०७२ वैशाख १२ गते अर्थात् आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र बनाए गएको शक्तिशाली भूकम्पको त्रास कायमै रहँदा बुधबार बिहान पनि पुनः झस्काएको छ । 

काठमाडौँ आसपास क्षेत्रका कतिपय मानिस दौड्दै घर बाहिर आए भने कतिले आफ्ना बालबच्चा बोकेर दौडेको घटना सुनाए । जे होस् नेपालमा भूकम्पको जोखिम कायमै छ र ‘सचेत हुनुपर्छ है’ भन्ने सन्देश भूकम्पले दिइरहेको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार गएका दुईवटा भूकम्प गोरखा भूकम्पकै परकम्प हुन् । धादिङको नौबिसे केन्द्र भएर ५.२ रेक्टरको भूकम्प गएको केही समयपछि ककनी क्षेत्र केन्द्र भई ४.३ रेक्टर स्केलको अर्को परकम्पन गएको थियो । 

केन्द्रका सिस्मोलोजिस्ट मुकुन्द भट्टराई भन्छन्, ‘‘बुधबार बिहान गएको भूकम्पचाहिँ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्पन नै हो । बिहीबार भूकम्प गएको चार वर्ष पुग्दैछ भनेर यो परकम्पन आएको होइन । भूकम्प कहिले जान्छ भन्ने भन्न सकिँदैन । संयोग मात्रै हो ।’’ 

– यो समाचार आजको गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो