पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३१, काठमाडौं | बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ ।

उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।

स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआइजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।

- यो समाचार कान्तिपुरमा प्रकाशित छ ।